पृथ्वी जयन्तीमा बिदासहित विभिन्न सर्त पूरा भए सरकारमा सहभागी हुने राप्रपाको निर्णय

 पुष १४, २०७९ बिहीबार ७:१५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले न्यूनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो ।

धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा हिजो बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा धेरैजसो नेताले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको अवस्थामा सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएपछि सरकारमा जानुपर्ने धारणा राखेका थिए ।

राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रिपरिषदबाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरामा ल्याउनुपर्नेलगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको छ । संघीय संसदमा १४ सिट रहेको राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । पुस १० गते नयाँ सरकार गठनका क्रममा प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरे पनि राप्रपाले सरकारमा सहभागी नहुने जनाएको थियो । 


 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया