गृहमन्त्री लामिछाने सरकारी निवासमा, पिर्काविनाकाे सलामी

 पुस १४, २०७९ बिहिबार १५:५३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्नुभएकाे छ । आज बिहीवार दिउँसाे पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चाेक सर्नुभएकाे हाे ।

मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएकाे छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेकाे थियाे । सलामी लिने क्रममा पिर्का र राताे कपडा भने राखिएकाे थिएन । यसअघि 'पिर्के सलामी' लिने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे थियाे ।

अन्तिम अपडेट: साउन २४, २०८०

तपाईको प्रतिक्रिया