बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

 पुस १४, २०७९ बिहिबार १८:४५:२० | रासस
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । 

नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यसअघि केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा गएकाे आइतवार राति पक्राउ गरेको थियो । 

सुरुमा ब्युरोले बुटबलका खिलेन्द्रसिंह जिसीलाई एक रिसोर्टबाट नौ लाख ५० हजार रुपैयाँको चेक र उनको झोलामा ३४ तोला २१ लाल सुनसहित पक्राउ गरेको थियो । जिसीमाथि गरिएको अनुसन्धानका क्रममा त्यस घटनामा स्थानीय व्यवसायी किसन विक र डीएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि केसीकाे निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो । उनको घरमा खानतलासी गर्दा आठ लाख ५० हजार रुपैयाँ फेला पारि बरामद गरिएको सीआईबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । 

सीआईबीको टोलीले त्यही दिन नै बरामद भएको रकम, सुन र ठगबहादुर केसी तथा खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित गराएकाे थियो । प्रहरीले अनुसन्धान चलिरहेकाे जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • J.S.Karki

    Dec. 29, 2022, 7:38 p.m.

    नाम बाट नै प्रष्ट भयाे, अरु न भनौं।

  •  0 Reply

तपाईको प्रतिक्रिया