एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
माेरङ – प्रदेश नम्बर १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । उहाँ १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । थापाका प्रतिस्पर्धी प्रदेश सभा सदस्य केदार कार्कीले नौ र अमृत अर्यालले दुई मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन प्रक्रियाअनुसार आज शुक्रवार बिहान ९ बजेदेखि १० बजेसम्म मतदान भएको थियो । प्रदेश १ मा कांग्रेसका २९ सदस्य रहेका छन् । नेता थापा नेपाली कांग्रेस प्रदेश नं १ का सभापतिसमेत हुनुहुन्छ । निर्वाचन नेपाली कांग्रेस प्रदेश नं १ का उपसभापति रमेशजङ्ग रायमाझीको संयोजकत्वमा भएको थियो ।
चुनावपछि दलका नेता थापाले प्रदेश नं १ काे नामकरण गर्ने पहिलो प्राथमिकता रहेको भन्दै कांग्रेसले प्रदेशमा प्रतिपक्षको भूमिकाबाट रचनात्मक भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।