मकवानपुरमा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 पुस १५, २०७९ शुक्रबार १२:२४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर – मकवानपुरकाे बकैया गाउँपालिका ५ तिनतलेमा सिमेन्ट बाेकेकाे ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक हेटाैँडा उपमहानगरपालिका १८ फुर्केचाैरका ३० वर्षीय विक्रम भम्जनकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा घाइते भएका भम्जनकाे उपचारका क्रममा चुरेहिल अस्पतालमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे । दुर्घटनामा घाइते भएका चारमध्ये एक जनाको ज्यान गएकाे हाे । 

हेटौँडाबाट फापरबारी जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको ट्रकले ठक्कर दिएकाे थियाे । घाइतेहरूकाे हेटाैँडा अस्पतालमा उपचार भइरहेकाे छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया