प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीको बधाई सन्देश, ‘मिलेर काम गर्न उत्सुक’

 पुस १५, २०७९ शुक्रबार १७:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई सन्देश पठाउनुभएको छ । आज नेपालमा रहेको चिनियाँ दूतावासका अधिकारीले चिनियाँ प्रधानमन्त्री खछ्याङको बधाई सन्देशसहितको पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यकालको शुभकामनासहितको बधाई पत्रमा प्रचण्डको नेतृत्वमा नेपाल–चीन सम्बन्ध थप मजबुत हुने अपेक्षा लिइएको उल्लेख छ । यस्तै चिनियाँ प्रधानमन्त्रीले  नेपालको स्थायित्व, विकास र समृद्धि चीन सधैं साथमा रहने उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानको अपेक्षा रहेको बताउनुभएको छ ।

प्रचण्डको नेतृत्वमा नेपालमा दिगो सामाजिक र आर्थिक विकासका क्षेत्रमा महत्त्वपूर्ण काम हुने अपेक्षा रहेको चिनियाँ समकक्षी खछ्याङले उल्लेख गर्नुभएको छ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको थियो । पत्रमा प्रचण्डलाई बधाई दिँदै नेपाल र भारतबीचको वर्षौँ पुरानो घनिष्ठ सम्बन्धलाई कायम राख्दै थप सहयोग गर्न पहल गर्नुपर्ने उल्लेख छ ।

भेटमा नेपाल भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो । प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि पहिलो विदेशबाट पहिलो बधाई भारतीय प्रधानमन्त्री मोदीले नै दिनुभएको थियो । प्रचण्डसँग हिजो अमेरिकी राजदूतले पनि भेटवार्ता गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया