नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी र पोखरा तथा जनकपुर र विराटनगर खेल्दै

 पुस १६, २०७९ शनिबार ८:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बिहान ९ बजे खेल्दैछन् ।

पाँच खेलमा अपराजित लुम्बिनी १० अङ्कका साथ अङ्कतालिकाको शीर्ष स्थानमा छ । ६ वटा खेल खेलेर एउटा मात्र जितेको पोखरा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स दिउँसो १ बजे खेल्दैछन् ।

चार खेलमा ३ खेल जितेको जनकपुर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा २ वटा जितेको विराटनगर ४ अङ्कका साथ चौथो स्थानमा छ । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा काठमाण्डौ, पोखरा, फार वेस्ट, जनकपुर, विराटनगर र लुम्बिनी गरी ६ टोली सहभागी छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया