सिंहदरबारमा नागरिकको सहज प्रवेशबारे प्रधानमन्त्रीसँग गृहमन्त्रीको छलफल

 पुष १६, २०७९ शनिबार ११:३३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा नागरिकको सहज प्रवेशबारे छलफल भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले सिंहदरबार प्रवेश गर्न नागरिकलाई समस्या रहेको र यसलाई कसरी सहज बनाउन सकिन्छ भनेर छलफल गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। कामविशेषले सिंहदरबार छिर्नुपर्ने नागरिकलाई सहज बनाउन गृहमन्त्रालयले कर्मचारी राख्न पर्ने भए त्यसका लागि पनि तयार रहेको गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ ।

सरकारले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा पासको व्यवस्था गर्दै आएको छ । सुरक्षा जाँच तथा कडाइ पनि हुने गरेको छ । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीचको भेटमा फेरि कोरोना सङ्क्रमणकाे जोखिम बढेको तथा सङ्क्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा उच्च सावधानी अपनाउनेबारे पनि छलफल भएको छ । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया