विद्यालयको हीरक महोत्सवकाे उद्घाटन गर्न  प्रधानमन्त्री दाहाल चितवनमा

 पुस १६, २०७९ शनिबार १४:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विद्यालयकाे एक कार्यक्रम उद्घाटन गर्न चितवन पुग्नुभएकाे छ ।

चितवनमा रहेकाे नारायणी नमूना माध्यामिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल शनिवार त्यहाँ जानुभएको हो । नेपालकाे प्रधानमन्त्रीकाे ट्विटर ह्याण्डलमा फाेटाे शेयर गर्दै लेख्नुभएकाे छ, 'नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोह । भरतपुर-१०। चितवन । २०७९ पुस १६ गते'

नेपालमा प्रधानमन्त्री तथा मन्त्रीहरु उद्घाटन र शीलान्यासमै व्यस्त हुन्छन् भनेर बेलाबखत टिप्पणी भइरहँदा पनि उहाँ विद्यालयकाे कार्यक्रम उद्घाटन गर्न चितवन पुग्नुभएकाे छ ।

 

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया