जसपाबाट सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई

 पुस १६, २०७९ शनिबार १८:४०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । 

शनिबार बालकुमारीमा रहेकाे केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी राजनीतिक समितिलाई दिएको हो । यही पुस १८ र १९ गते जसपाले राजनीतिक समितिको बैठक बोलाएको छ । त्यही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरु तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनु भयो ।

बैठकमा चुनावको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता समुनले बताउनु भयो ।

यस्तै, अन्य पार्टीहरुसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया