उत्कृष्ट छ किसान ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित

 पुस १६, २०७९ शनिबार २०:३१:२ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

नुवाकोट - नुवाकोट र रसुवाका उत्कृष्ट छ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन जना किसानलाई विदुरमा नगद १५ हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरेको हो ।

उत्कृष्ट हुने किसानमा नुवाकोटबाट शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनी, म्यागङ गाउँपालिका–४ का सुरेन्द्र तामाङ र विदुर नगरपालिका–१३ का दीपक खड्का रहनुभएको छ । रसुवाबाट गोसाइँकुण्ड गाउँपालिका–५ का काल्साङ तामाङ, गोसाइँकुण्ड गाउँपालिका–६ का प्रमोदकुमार तितुङ र नौकुण्ड गाउँपालिका–६ का पासाङ लामा (तितुङ) रहेको कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनालले जानकारी दिनुभयो।

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत् दुई जिल्लाबाट उत्कृष्ट भएका किसानलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाललगायतले सम्मान गर्दै कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेसालाई निरन्तरता दिन र अन्य युवा वर्गलाई कृषि कर्मप्रति आकर्षण हुने गरेर नमुना किसान बन्न सुझाव दिनुभयो।

जिल्लाबाट छानिएका किसानलाई बाग्मती प्रदेशस्तरीय उत्कृष्ट किसान पुरस्कारका लागि सिफारिस गरिएको छ । प्रदेशबाट उत्कृष्ट भएमा केन्द्रीयस्तरीय प्रतिस्पर्धामा छनोट हुन पाइनेछ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया