अङ्ग्रेजी नयाँ वर्ष सुरु, विदेशी पर्यटकको भिडभाड हुने ठाउँमा विशेष कार्यक्रम

 पुष १७, २०७९ आइतबार ६:३६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको छ ।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (यशु) को सम्झनामा उहाँको निधनपछि अनुयायीले यो सम्वत् प्रचलनमा ल्याएका हुन् ।

इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केही वर्ष अघिदेखि अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ । विशेष गरी युवापुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन् । विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा आव विशेष कार्यक्रम हुँदै छन् । हिजो बेलुका पनि यी क्षेत्रमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nagendra sah

    Jan. 1, 2023, 7:13 a.m.

    तपाईंलाई नववर्षको शुभकामना !!

  •  0 Reply

तपाईको प्रतिक्रिया