बाग्मती, लुम्बिनी र सुदूरपश्चिमको प्रदेश सभा अधिवेशन आजदेखि

 पुस १८, २०७९ सोमबार ८:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ ।

बाग्मती प्रदेश सभा सचिवायलयमा आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि आज दिउँसो १ एक बजेदेखि सुरु हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: असोज १, २०८०

तपाईको प्रतिक्रिया