नेपाल टी–२० क्रिकेट लिगमा विवाद, खेलाडीलाई पारिश्रमिक दिने आश्वासन पछि आजको खेल सुरु

 पुस १९, २०७९ मंगलबार ११:३८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा विवाद देखिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) मुख्य आयोजक रहेको लिग सुरुवातदेखि नै विवादमा छ । विवादका कारण आजको पहिलो खेल ढिला गरी सुरु भएको छ। (क्यान) ले खेलाडीलाई पारिश्रमिक दिने आश्वासन दिएपछि खेल सुरु भएको हो।

अहिले काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्स खेलिरहेका छन् । बिहान खेलाडीले टस गर्न नमानेपछि ढिलो गरी सुरु भएको खेल ९ ओभरमा झारिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डौले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनायो । जितका लागि विराटनगरले ९३ रनको लक्ष्य पाएको छ । विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । यसैबीच यो प्रतियोगिताको कमेन्ट्री बक्समा देखिँदै आएका कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जालमार्फत् खेलमा फिक्सिङ हुने गरेको दाबी समेत गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया