राहदानी विभागको सिस्टममा समस्या, राहदानी वितरण सेवा अवरुद्ध

 पुस १९, २०७९ मंगलबार १४:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राहदानी विभागको सिस्टममा समस्या आएपछि बनेको राहदानी वितरण कार्य अवरुद्ध भएको छ ।

आइतबारदेखि नै सिस्टममा समस्या आएपछि राहदानी आवेदनको अवस्था हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो । 

अर्को सूचना जारी नहुँदासम्म बनेको राहदानी लिनका लागि नआउन विभागले अनुरोध गरेको छ । सिस्टममा आएको समस्या समाधानका लागि निरन्तर काम गरिरहेको भन्दै विभागले सिस्टम पूर्ण रूपमा सुरु हुन केही समय लाग्ने जनाएको छ । 

तर सिस्टमबाट नयाँ राहदानीका लागि आवेदन दिन भने सकिन्छ । विभागले राहदानीको आवेदनका लागि दिउँसो साढे तीन बजे अपोइन्टमेन्ट डेट बुकिङ खुला गर्दै आएको छ ।

यसअघि नै समय लिइसकेकाहरूलाई भने निर्धारित मिति र समयमा नै विभागमा बायोमेट्रिकका लागि उपस्थित हुन प्रवक्ता सापकोटाले अनुरोध गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mohan Lal Bhusal

    Jan. 4, 2023, 12:13 p.m.

    किन ढिला गरेको ? मेरो पनि पासपोर्ट अपलाई गरेको छु .... कहिले सममा पासपोर्ट बन्छ ? छिटो भन्दा छिटो गर्नुपर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया