भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर, एसियामै सबैभन्दा खराब अवस्थामा

 पुष १९, २०७९ मंगलबार १५:८:५८ | एजेन्सी
unn.prixa.net

गएको वर्ष अर्थात् सन् २०२२ मा भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर बनेको छ । गएको वर्ष अमेरिकी डलरको तुलनामा भारु ११ प्रतिशतभन्दा धेरैले कमजोर बनेको बीबीसी हिन्दीले जनाएको छ । 

सन् २०२२ मा भारतीय मुद्रा सन् २०१३ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको हो । एसियाका मुद्राहरूमध्ये भारुको अवस्था सबैभन्दा कमजोर बनेको पनि भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । २०२१ को अन्तिम दिन एक अमेरिकी डलरको मूल्य ७४ रुपैयाँ २९ पैसा थियो भने २०२२ को अन्तिम दिन ८२ रुपैयाँ ६१ पैसा पुगेको थियो । यसरी एक वर्षभित्रै डलरको तुलनामा भारु आठ रुपैयाँ ३२ पैसाले कमजोर भएको छ । विदेशी मुद्रा बजारमा अस्थिरता, रुस–युक्रेन युद्धका कारण विश्वमा कच्चा तेल महँगो र महँगीका कारण भारु कमजोर भएको विज्ञहरूले बताएका छन् । 

अमेरिकी डलर सन् २०१५ यताकै बलियो स्थितिमा देखिएको छ । मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउनुपरेको थियो । जसका कारण डलरमा विदेशी लगानी बढ्दा डलर झनै बलियो बनेको छ । भारु कमजोर र डलर बलियो बनेकै कारण गएको वर्ष विदेशी लगानीकर्ताले भारतबाट अर्बाैँ डलर बराबरको लगानी र नाफा अरू देशमा लगेका छन् । 

अन्तिम अपडेट: भदौ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prakash yadav

    Jan. 3, 2023, 3:33 p.m.

    बोर्डरछेउका भारतिय बजारमा १०० भा.रु. को १६५ देखि १६७ ने. रु. सम्म तिर्नुपरेको छ । यसबाट हामी नेपालीहरुले दैनिक थुप्रै रकम अनावश्यक रूपमा भारतमा तिर्नु परेको छ । यसतर्फ नेपाल सरकार लगायत सम्बन्धित निकायको ध्यान जान सके नेपालको अर्थव्यवस्थामा सकारात्मक असर पर्ने थियो कि।

  •  0 Reply

तपाईको प्रतिक्रिया