सानाे मन्त्रीमण्डल बनाऔँ, सबैलाई मन्त्री बनाउने काम जनप्रिय हुन सक्दैन : अध्यक्ष तिमिल्सिना

 पुष १९, २०७९ मंगलबार १६:६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल विस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । आज मङ्गलवार स्पिकर्स फोरम नेपालले काठमाण्डौमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

अध्यक्ष तिमिल्सिनाले पार्टी धेरै भए भन्दैमा मन्त्रालयको सङ्ख्या नै बढाउने काम गर्न नहुनेमा जोड दिनुभयो । उहाँले गठबन्धनमा सहभागी सबै पार्टीले मिलेर आवश्यक मन्त्रालय मात्रै बनाइ नागरिकको समस्या समाधान गर्ने दिशामा लाग्न अपरिहार्य भएको बताउनुभयो । सरकारले २० जनासम्मको मन्त्रीमण्डल विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘गठबन्धन जरुर बन्ने नै भयो । कति दलको भन्नेमात्रै कुरा रह्यो । यस्तो बेलामा मन्त्रालय सङ्ख्या, मन्त्री नै बढाएरमात्रै गठबन्धन भन्ने चाहिँ नगरौँ । पार्टी धेरै भयो भने पहिले एक/एक वटा भाग पुर्‍याऔँ र बाँकी रहेको ठूला दललाई बाँडौँ । सङ्घमा २५ वटा मन्त्रालय भनेर संविधानले तोकेको छ । त्यो विगतको एउटा तितो अनुभवले पनि हो । किनकि ६०/६५ जनासम्म पुग्ने स्थिति बन्दै जान थालेपछि अनन्तः कतिसम्म पुग्ने हो ? २५ तोक्नुको अर्थ २५ पुर्‍याउनैपर्छ होइन तर पुर्‍याइ छाड्छौँ भन्ने देखिन्छ । सांसद भएपछि मन्त्री हुनैपर्छ । मन्त्रालय बढी बनाएर, सबैलाई मन्त्री बनाएर, सबैलाई पद बाँडेरमात्रै जनप्रिय हुन सक्दैन । यस कारण सानो र मितव्ययी मन्त्रीमण्डल बनाऔँ । किनकि राष्ट्रले धान्ने खर्च धेरै त्यतातिर गएपछि विकास निर्माण र जनअपेक्षाका अरू काम कसरी हुनसक्छ ? अर्थतन्त्र नाजुक अवस्थामा छ । यसलाई अगाडी बढाउनको लागि सबैतिरबाट मितव्ययी बन्नुपर्ने अवस्था छ ।’

अध्यक्ष तिमिल्सिनाले प्रदेशमा पनि मन्त्रालयको सङ्ख्या बढाउँदा आलोचना खेप्नु परिरहेको भन्दै कम मन्त्रालय बनाउन सुझाव दिनुभयो । 

अध्यक्ष तिमिल्सिनाले वर्षाैँदेखिका ठेक्का लागेका योजनाहरू अलपत्र रहेका भन्दै सरकारले त्यसमा चासो दिनुपर्ने बताउनुभयो । उहाँले जनमुखी काम गर्नका लागि कानुनी समस्याहरू भए संसदमा ल्याएर त्यसको निचोड दिनुपर्ने बताउनुभयो । उहाँले सरकारी सेवा प्रवाहमा नागरिकलाई ढिलासुस्ती गर्ने काम हुन नहुने पनि बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया