खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्दा देश गरिब भयाे : वामदेव गाैतम

 पुष १९, २०७९ मंगलबार १६:३६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । 

आज मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले देशभित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालमा खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले देश गरिब भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

सांसद गौतमले खाद्यान्न, फलफूल, औषधिलगायतकाे उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न सके देशभित्र नै रोजगारी सिर्जना हुने बताउनुभयो ।

उहाँले विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग, कारखाना निजीकरण गर्दा अहिले समस्या भएको आरोप लगाउनुभयो । नेपाली कांग्रेस नेतृत्वकाे सरकारले विगतमा सरकारी उद्योगलाई अफ्ठ्यारो पार्ने र निजीकरण गर्ने काम गरेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया