दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दा परेका तर पैसा तिरेर वकिल राख्न नसक्नेहरूले निःशुल्क कानुनी सहायता लिन पाउने भएका छन् ।
वैदेशिक रोजगार न्यायाधिकरणले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने वकिलहरूको सूची सार्वजनिक गर्दै वैदेशिक रोजगार कसुर मुद्दाका असमर्थ पक्षले निःशुल्क रूपमा उनीहरूबाट सेवा लिन सक्ने जनाएको छ । यस्तो सेवालाई प्रोबोनो सेवा भनिन्छ ।
प्रोबोनो अर्थात् निःशुल्क कानुनी सहायता लिनका लागि सबैभन्दा पहिला वकिल राख्न नसक्ने असमर्थ पक्षले न्यायाधिकरणमा अनुरोध गर्नुपर्छ ।
न्यायाधिकरणमा दायर भएका वैदेशिक रोजगार सम्बन्धी मुद्दाका असमर्थ पक्षले अनुरोध गरेपछि मात्र सूचीकृत प्रोबोनो कानुन व्यवसायी मध्येबाट नाम छनौट गर्न लगाइने न्यायाधिकरणले जनाएको छ । असमर्थ पक्षले छनौट गरेका वकिललाई उनीहरूको पक्षबाट प्रतिनिधित्व गर्न न्यायाधिकरणले नै लगाउने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।