एकीकृत समाजवादीले सरकारमा जाने/नजानेबारे अझै निर्णय लिन सकेन

 पुष १९, २०७९ मंगलबार १८:१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । 

आज मङ्गलवार सम्पन्न पार्टी पोलिटब्युराे बैठकले याे निर्णय गरेको हो । थप अध्ययन, छलफल, विचार, विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रीय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । बैठकमा धेरैजसो नेताहरूले सरकारले देश र नागरिककाे हितमा ल्याउने कार्यक्रमलाई हेरेरमात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए । 

त्यसैगरी बैठकले वामपन्थी पार्टीहरूबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रीय सचिवालयलाई नै प्रदान गरेको छ । केन्द्रीय सचिवालयको संयोजनमा यो कामलाई अघि बढाउन पनि बैठकले अनुमति दिने काम गरेको पार्टीका प्रवक्ता खतिवडाले बताउनुभयो । 

पार्टीभित्र सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने अभियानलाई अघि बढाउने निर्णय पनि पोलिटब्युराे बैठकले गरेको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया