जसपाले शक्ति बाँडफाँटलाई हेरेरमात्रै सरकारमा जाने/नजानेबारे निर्णय गर्ने

 पुष १९, २०७९ मंगलबार १९:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेरमात्रै सरकारमा जाने–नजानेबारे निर्णय गर्ने भएको छ । आज मङ्गलवार बसेको जसपाको राजनीतिक समितिको बैठकले सरकारमा जाने–नजाने सम्बन्धमा शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राखेरमात्र सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन गर्ने भन्ने निर्णय हुने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेरमात्र त्यो निर्णय लिइने बताउनुभयो । 

त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरूसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरूमा रकम जेमजोङ र गोविन्द चौधरी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिनुभयो । 

बैठकले आउँदो माघ मसान्तभित्र पार्टीमा निष्क्रिय भएका सबै सङ्गठनहरूलाई क्रियाशील बनाउने निर्णय पनि गरेको छ । 

यस्तै गएको चुनावमा अन्तर्घात गर्नेहरूलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने तथा सङ्घीय परिषद् र केन्द्रीय समिति सदस्यहरूले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । जसको सदस्यहरूमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहनुभएको छ । 

जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ । जसको सदस्यहरूमा राजेन्द्र श्रेष्ठ, रकम जेमजोङ, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहनुभएको प्रवक्ता सुमनले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया