निर्वाचन आयाेगकाे निर्णयविरुद्ध मेयर शाहद्वारा सर्वाेच्चमा रिट

 पुस १९, २०७९ मंगलबार १९:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगले तोकेको जरिबानाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएकाे छ । आज मङ्गलवार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दिनुभएकाे हो ।

गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावकाे खर्च ढिलो गरी बुझाएको भन्दै आयोगले मेयर शाहलगायतलाई जरिबाना तोकेको थियो । आयाेगकाे त्याे निर्णयविरुद्ध उहाँ सर्वाेच्च अदालत पुग्नुभएकाे हाे । 

आयोगले मेयर शाहलाई सात लाख ५० हजार रुपैयाँ जरिबाना तोकेको थियो । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र चुनाव खर्चको विवरण पेस गर्नुपर्नेमा अन्तिम दिनमा सार्वजनिक बिदा परेकाले त्यसको भोलिपल्ट खर्च विवरण पेस गरेकाे उहाँले रिटमा दाबी गर्नुभएकाे छ । 

चुनावमा सात लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने भए पनि आफूले तीन लाख ९४ हजार चार सय ८९ रुपैयाँमात्र खर्च भएकाे विवरण आयोगमा बुझाएको मेयर शाहले बताउनुभएको छ । 

शाहले आफूले समयमै चुनाव खर्च विवरण बुझाउँदा पनि सात लाख ५० हजार रुपैयाँ जरिबाना तिर्न लगाउने, पालिका चुनावमा भाग लिने देशभरका एक लाख २३ हजार उम्मेदवारलाई एकमुस्ट जरिबाना गर्ने, छ महिनाभित्र नबुझाए छ वर्षसम्म कुनै चुनावमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी आयोगले गरेको निर्णय बदर गर्न रिट निवेदनमा माग गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया