अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री प्रचण्डद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

 पुष २०, २०७९ बुधबार ११:५४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गर्भनरसँग छलफल गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गर्नुभएको हो ।

छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो पटक देखिएका समस्या तथा चुनौतीको विषयमा चासो राख्नुभएको थियो । साथै उहाँले अहिले अर्थतन्त्रमा देखिएका मुख्य चुनौती, यसले पारेको प्रभाव तथा त्यसको न्युनीकरण गर्ने उपायको खोजी गर्न कसरी सकिन्छ भनेर आवश्यक पहल गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।
 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया