‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – रोल्पा प्रदेश सभा (ख) बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र) मा फर्किनुभएको छ । गएकाे मङ्सिर ४ गते सम्पन्न चुनावमा उहाँ माओवादीकाे पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बन्नुभएको थियो ।
उहाँ लुम्बिनी प्रदेश सभामा भारी मतले विजयी हुनुभएको थियो । मगरले पार्टी छाडेकाेमा आत्मालोचना गर्दै फेरि माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाउनुभएको छ । पार्टी छाडेर चुनावमा उम्मेदवार बनेपछि उहाँलाई माओवादीले निष्कासन गरेको थियो ।
मगरलाई आज बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रोल्पाका प्रतिनिधि सभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गर्नुभयो ।
यस्ताे आत्मालाेचना पत्र
तस्बिर : अशाेक ओलीकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।