सरकारलाई विश्वासकाे मत दिन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डकाे आग्रह

 पुस २०, २०७९ बुधबार १६:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासकाे मत दिन आग्रह गर्नुभएकाे छ । 

आज बुधवार प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्रकाे) संसदीय दलकाे कार्यालय सिंहदरबारमा अध्यक्ष नेपाललाई भेटेर सरकारलाई विश्वासकाे मत दिन आग्रह गर्नुभएकाे छ । अध्यक्ष नेपालले भने पार्टीभित्र छलफल गरेर मात्रै टुङ्गोमा पुग्न सकिने जवाफ दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारमा जाने बेलामा आफूसँग छलफलसमेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया