एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको जिकिर गर्नुभएकाे छ ।
आज बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले वर्तमान गठबन्धन पदीय चाहनामा मात्रै सीमित रहेको बताउनुभयो । उहाँले वर्तमान गठबन्धनमा राजावादीदेखि गणतन्त्र नै ठिक हो र सङ्घीयता विरोधीदेखि सङ्घीयता आवश्यक छ भन्नेसम्मको सहभागी भएकाले यस गठबन्धनको आयु लामो समय नटिक्ने दाबी गर्नुभयो ।
प्रवक्ता महतले नेपाली कांग्रेसले गठबन्धन नटुटाएको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै तत्कालीन गठबन्धन तोडेको आरोप लगाउनुभयो । उहाँले अहिलेको गठबन्धनबाट आउने परिणामका बारेमा सचेत रहन पनि आग्रह गर्नुभयो । प्रचण्डले गठबन्धन तोडेपछि नेपाली कांग्रेस सन्तुष्ट नरहेको उहाँकाे भनाइ छ । उहाँले कांग्रेसलाई नयाँ नेतृत्वको विकल्प माओवादी अध्यक्ष प्रचण्डलाई दिनुपर्छ भन्नेसम्मको समय पनि प्राप्त नभएको दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘प्रचण्डजी किन गठबन्धनलाई छोडेर नेतृत्व प्राप्तिका लागि जानुभयो, यो विषय आउँदा दिनमा बिस्तारै विश्लेषण हुन्छ । यसबाट आउने परिणाम र यसले पार्ने असरका बारेमा मूल्याङ्कन भइरहेको छ । नेपाली कांग्रेस कतै विचलित भएको छैन । हामीले गठबन्धनलाई नै निरन्तरता दिने कोसिस गरेका थियौँ । गठबन्धन टुट्नु र प्रचण्डजीले छोडेर जानुमा कांग्रेस खुसी छैन । हामीलाई नेतृत्व प्रचण्डजीलाई दिएर गठबन्धन बचाउने बारेमा छलफल गरेर सोच्ने र निर्णयमा पुग्ने समय प्राप्त भएन । हामीले चुनावमा जाँदा गठबन्धनलाई लामो समयसम्म लैजाने प्रतिबद्धता गरेका थियौँ । त्यो प्रतिबद्धताबाट हामी हटेका होइनौँ, प्रचण्डजी हट्नुभयो । वैकल्पिक गठबन्धनको सरकार अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ । विभिन्न स्वरूपका पार्टीहरु एक ठाउँमा पदीय चाहनाबाट उन्मुख भएर यो गठबन्धन बनेको छ, विचार, दृष्टिकोणमा एकता छैन, कुन दलले ठूलो जिम्मेवारी प्राप्त गर्ने भन्ने अवस्थामा रुमल्लिएको छ । यो गठबन्धनको आयु छोटिनसक्ने प्रशस्त सम्भावनाहरू छन् ।’
प्रवक्ता महतले आउँदा दिनमा नेपाली कांग्रेस सशक्त प्रतिपक्षको रूपमा संसदमा प्रस्तुत हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले कांग्रेस पार्टी प्रतिपक्षमा रहुन्जेलसम्म विकास, रोजगारी, सुशासनका विषयलाई उजागर गर्ने बताउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाको विरोध गर्नेहरूले नै कांग्रेसको नेतृत्वमा नै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि कांग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले अनर्गल प्रचार गर्न नमिल्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।