नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

 पुस २०, २०७९ बुधबार १७:१४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्सले फार वेस्ट युनाइटेडलाई छ विकेटले हरायाे । 

फार वेस्टले दिएकाे एक सय ५७ रनकाे लक्ष्य विराटनगरले १९ ओभर ३ बलमा चार विकेट गुमाएर भेटायाे । विराटनगरका लागि कप्तान राेहित पाैडेलले ६० र प्रदीप ऐरीले ४० रन बनाए । फार वेस्टका करन केसी, प्रकाश जैशी, नूर अहमद र हशमतुल्लाह शाहिदीले एक/एक विकेट लिए । 

यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेकाे फार वेस्टले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ५६ रन बनायाे । फार वेस्टका लागि विनाेद भण्डारीले ४५, कप्तान हशमतुल्लाह शाहीदीले २७ र करन केसीले नटआउट २१ रन बनाए । विराटनगरका शाहब आलमले तीन र केओन जाेशेफले दुई विकेट लिए ।

विराटनगर आठ खेलमा छ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । एक कम खेलेकाे फार वेस्ट दुई अङ्कसहित पुछारमा छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया