संसद् सचिवालयका सहसचिव पाण्डे सचिवमा बढुवा

 पुष २०, २०७९ बुधबार १९:५३:२६ | रासस
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा हुनुभएको छ । 

संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आज बुधवारको बैठकले उहाँलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । यस समितिमा अहिले राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहनुभएको छ ।

त्यसअघि लोक सेवा आयोगको बढुवा समितिले उहाँलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उहाँ अहिले लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवम् प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

निजामती सेवामा २०६७ चैत २४ गतेदेखि उपसचिवबाट सेवा प्रवेश गर्नुभएका पाण्डे २०७३ वैशाख २० गते खुला प्रतिस्पर्धाबाट संसद् सेवाको सहसचिवमा आउनुभएको थियो । नेतृत्व व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएका उहाँले त्यसअघि विश्वविद्यालय अनुदान आयोगमा कार्यक्रम अधिकृतका रूपमा पाँच वर्ष काम गर्नुभएको थियो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया