ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ओखलढुंगा – पूर्व सांसद एवं माओवादी नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाको विभिन्न गाउँका स्थानीयले सम्मान गरेका छन् ।
द्वन्द्वकालको व्यक्ति हत्याको मुद्दामा जेल सजाय भोगेर गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते छुटेका ढुंगेललाई समर्थकले ओखलढुंगाका विभिन्न गाउँमा सम्मान कार्यक्रम आयोजना गरेका हुन् । ढुंगेल सम्मान कार्यक्रममा सहभागी हुन बुधबार ओखलढुंगा आउनुभएको थियो । उहाँलाई वामपन्थी युवा मञ्चले सदरमुकाम ओखलढुंगामा औपचारिक कार्यक्रम गरेर बिहीबार सम्मान गरेको छ ।
मानेभञ्ज्याङको केतुके, सिद्धिचरण नगरपालिकास्थित ओखलढुंगा सदरमुकाम र मोलुङ गाउँपालिकाको रामपुरमा ढुंगेललाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा ओखलढुंगा आएका ढुंगेलले सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्दोष भएको तर झुटा मुद्दामा फसाइएकाले गम्भीर अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको छ । ‘म हत्यारा भए हत्यारा लेख्नुस्, तर म जिल्लामै नभएको समयका घटनामा झुटा अभियोग लगाएर फसाइएको छ, वास्तविकता अन्वेषण होस्’ उहाँले आग्रह गर्नुभयो ।
ढुंगेलको सम्मानमा नेकपाका नेता तथा कार्यकर्ता र समर्थकहरुको सहभासगता थियो । ढुंगेलमाथि ०५५ सालमा ओखलढुंगाको पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालत ओखलढुंगाले कैद सजाय तोकेको थियो ।
तत्कालीन पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि ०६४ सालको संविधान सभाको चुनावमा ओखलढुंगाबाट निर्वाचित हुनुभएको थियो । सांसद हुँदा जिल्लाको विकासमा गरेको योगदानकै कारण ओखलढुंगामा ढुंगेललाई विकास प्रेमी नेताको छवि बनाएका छन् ।
०६६ मा सर्वोच्चले जिल्ला अदालतको फैसला सुरु सदर गरेपछि ०७४ सालतमा पक्राउ परि जेलमा सजाय भोगिरहेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।