नेपाल टी–२० क्रिकेट लिग : जनकपुर र पोखरा तथा काठमाण्डौ र फार वेस्ट खेल्दै

 पुस २१, २०७९ बिहिबार ८:४४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

जनकपुर आठ खेलमा १० अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ६ अङ्कसहित पोखरा चौथो स्थानमा छ ।

आजको दोस्रो खेलमा काठमाण्डौ नाइट्स र फार वेस्ट युनाइटेड दिउँसो १ बजे खेल्दैछन् । आठ खेलमा ८ अङ्ककासाथ काठमाण्डौ तालिकाको तेस्रो स्थानमा र सात खेलमा २ अङ्कका साथ फार वेस्ट तालिकाको पुछारमा छ ।

नेपाल टी–२० लिगमा ६ टोली सहभागी छन् । यी खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया