पानी नपर्दा प्रदूषण बढ्याे

 पुस २१, २०७९ बिहिबार १५:४७:८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पानी नपरेका कारण केही दिनयतादेखि काठमाण्डाै उपत्यकासहित देशभर धुलो धुँवा बढ्दा प्रदूषण बढेको छ ।   

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ । काठमाण्डाै, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको महाशाखाले जनाएको छ । 

हावाको गुणस्तर सूचक मापन 'एयर क्वालिटी इन्डेक्श' को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाण्डाै, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ । काठमाण्डाैकाे एयर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सय ५३ रहेको छ । यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको एक सय आठ र धनकुटाको एक सय छ रहेको छ ।   

एक्यूआई सूचकाङ्क सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्यूआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआइलाई राम्रो मानिन्छ । सूचकाङ्कअनुसार एक सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ ।

अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया