सरकारको न्यूनतम साझा कार्यक्रमकाे 'ड्राफ्ट' तयार भइसक्याे : विष्णु पाैडेल

 पुष २१, २०७९ बिहीबार १५:५८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम भाेलि शुक्रवारसम्ममा सक्ने भएको छ । न्यूनतम साझा कार्यक्रम निर्माणका लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सबै काम सक्ने बताइएको छ । 

आज बिहीवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधान एवम् अर्थमन्त्री तथा कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको 'ड्राफ्ट' तयार भइसकेको जानकारी दिनुभयो । उहाँले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै 'ड्राफ्ट' तयार भएको बताउनुभयो । उहाँले त्याे 'ड्राफ्ट' को दफावार छलफल गरी शुक्रवारसम्ममा सबै काम सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारमा सहभागी हुने विभिन्न दलहरूको सुझावलाई सङ्गठित गर्दै एउटा ड्राफ्ट तयार गरेका छौँ । ड्राफ्टलाई दफावार छलफल गर्दै त्यसलाई अन्तिम रूप दिन्छौँ र त्यसलाई प्रस्तुत गर्छाैँ । भोलि हाम्रो सबै काम सकिन्छ ।’

पाैडेलले आज नेकपा माओवादीका नेता वर्षमान पुन अस्वस्थ भएर आउन नसकेकाेले कार्यदलको बैठक शुक्रवार बिहान ११ बजेका लागि सारेकाे जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया