वाम एकताका लागि एकीकृत समाजवादीले बनायाे ४ सदस्यीय कार्यदल

 पुष २१, २०७९ बिहीबार १६:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल बनाएकाे छ । 

आज बिहीवार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय ४५ औँ सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो । बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहनुभएको पार्टीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे । उहाँले कार्यदलले वामपन्थीहरूसँग छलफल, परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘हामीले गएकाे पोलिटब्युरो बैठकबाट एउटा प्रस्ताव पारित गरेका थियौँ । हामीले वाम एकताका लागि पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरु गर्ने भनेर निर्णय गरेका थियौँ । त्यसलाई पूरा गर्न महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेकाे चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेका छौँ । यो कार्यदलले वामपन्थीहरूसँग छलफल गरी निष्कर्ष निकाल्नेछ ।’

उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा सरकार पक्षका पार्टीहरूले नै औपचारिक प्रस्ताव नगरेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया