एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम नागरिकका विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताउनुभएको छ ।
आज बिहीवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रम नागरिकका विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताउनुभएको हो । उहाँले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहाना पूरा गर्ने गरी कार्यक्रम आउने बताउनुभयो । सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने उहाँको भनाइ छ ।
लामिछानेले साझा कार्यक्रम अन्तिम चरणमा पुगेको बताउनुभयो । सरकारमा रहेका पार्टीहरू विचार र सिद्धान्तभन्दा पर गएर न्यूनतम साझा कार्यक्रममार्फत अघि बढ्ने उहाँले जिकिर गर्नुभयो ।
उहाँले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मूल गर्ने विषयमा पनि सबै दल सहमत रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।