फार वेस्टले काठमाण्डाैलाई ८३ रनले हरायाे

 पुस २१, २०७९ बिहिबार १७:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आज बिहीवार भएकाे दाेस्राे खेलमा फार वेस्ट युनाइटेडले काठमाण्डाै नाइट्सलाई ८३ रनकाे फराकिलाे अन्तरले हराएकाे छ । 

फार वेस्टले दिएकाे एक सय ९८ रनकाे लक्ष्य पछ्याएकाे काठमाण्डाैले २० ओभरमा नाै विकेट गुमाएर एक सय १४ रनमात्रै बनाउन सक्याे । काठमाण्डाैका लागि कमल ऐरीले सर्वाधिक २० रन बनाए । फार वेस्टका करन केसी, दुर्गेश गुप्ता र हशमतुल्लाह शाहिदीले दुई/दुई विकेट लिए । 

यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा चार विकेट गुमाएर एक सय ९७ रन बनायाे । फार वेस्टका लागि हशमतुल्लाह शाहिदीले ७६ र विनोद भण्डारीले ७३ रन बनाए । बलिङतर्फ काठमाण्डाैका बसिर अहमदले तीन विकेट लिए । 

आठ खेलमा चार अङ्क जाेडेकाे फार वेस्ट तालिकाकाे पुछारमै छ । काठमाण्डौ भने आठ अङ्कसहित तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया