विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल

 पुष २२, २०७९ शुक्रबार १३:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । 

मन्त्रिपरिषद्ले गरेका निर्णय आज शुक्रवार सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले वर्तमान सरकार महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ । पुस २६ गते सरकारले संसदमा विश्वासको मत लिने कार्यक्रम छ । विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।’

अर्थमन्त्री पौडेलले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकार नागरिक र राष्ट्रका समस्या समाधान गर्ने गरी गतिशीलरूपमा अगाडि बढ्ने बताउनुभयो । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया