सरकारलाई विश्वासकाे मत दिन धेरै विश्लेषण गर्नुपर्छ, प्रचण्डजीप्रति त 'पाेजेटिभ' नै छु : माधव नेपाल

 पुष २२, २०७९ शुक्रबार १६:५२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै विश्लेषण गरेरमात्रै सरकारलाई विश्वासको मित दिनेबारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताउनुभएको छ । सरकार कुन ढङ्गले अगाडि बढ्छ ? त्यसलाई हेरेरमात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने उहाँकाे भनाइ थियाे । 

आज शुक्रवार सर्वदलीय बैठकपछि नयाँ बानेश्वरमा रहेकाे संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष नेपालले व्यक्तिगतरूपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति सकारात्मक रहेको धारणासमेत राख्नुभयो । उहाँले भन्नुभयाे, ‘विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरूको विषयमा विश्लेषण गर्नेछौँ । व्यक्तिगतरूपमा प्रचण्डजीप्रति मेरो 'पोजेटिभ' नै धारणा छ । सरकार कुन ढङ्गले अगाडि बढ्छ ? त्यो हेरिकन हामी टुङ्गो गर्छाैँ । सरकारलाई विश्वासको मत दिन हामीले धेरै विश्लेषण गर्नुपर्छ ।’

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा प्रस्ताव नआएको पनि बताउनुभयाे । उहाँले इच्छुक पार्टीहरूसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत बताउनुभयो । अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताका लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताउनुभयो । अन्य साना वामपन्थी दलहरूसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने उहाँकाे भनाइ छ । 

अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै नागरिककाे विषयलाई उठान गरेर अघि बढ्ने काममा आफ्नो पार्टीको ध्यान जाने बताउनुभयाे ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया