नेपाल टी–२० लिग : अन्तिम ओभरमा ६ रन बनाउन नसक्दा फार वेस्ट बाहिरियाे, प्लेअफ यात्रा राेचक बन्याे

 पुस २२, २०७९ शुक्रबार १७:२५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामाअन्तर्गत आज शुक्रवार भएकाे दाेस्राे खेलमा विराटनगर सुपर किङ्ग्सले फार वेस्ट युनाइटेडलाई हराएकाे छ । अन्तिम ओभरमा जितका लागि छ रन चाहिएकाेमा फार वेस्टले दुई रनमात्र जाेड्न सक्दा विराटनगरसँग तीन रनले पराजित भयाे ।  

त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएकाे एक सय ४८ रनकाे लक्ष्य पछ्याएकाे फार वेस्टले २० ओभरमा नाै विकेट गुमाएर एक सय ४४ रनमात्र बनाउन सक्याे । फार वेस्टका लागि कप्तान हशमतुल्लाह शाहिदीले ५८ र उमेर अलीले १२ बलमा २३ रन बनाए पनि अन्य खेलाडीले राम्राे अङ्कमा रन बनाउन सकेनन् । विराटनगरका राज ननानले तीन र सूर्य तामाङले दुई विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेकाे विराटनगरले २० ओभरमा छ विकेट गुमाएर एक सय ४७ रन बनायाे । विराटनगरका लागि हुसैन तलतले ५० र विवेक यादवले २० बलमा नटआउट ३५ रन बनाए । फार वेस्टका उमर अलीले दुई विकेट लिए । 

याे हारसँगै फार वेस्ट लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ । विराटनगरले भने याे खेल जितेसँगै प्लेअफकाे सम्भावना बलियाे बनाएकाे छ । अब प्लेअफमा स्थान बनाउन पोखरा एभेन्जर्स, काठमाण्डाै नाइट्स र विराटनगरबीच प्रतिस्पर्धा हुने छ । समूह चरणकाे खेलकाे अन्तिम दिन भाेलि काठमाण्डाै र विराटनगर तथा पाेखरा र फार वेस्टबीच प्रतिस्पर्धा हुने छ । शीर्ष स्थानकाे लुम्बिनी अल स्टार्स र दाेस्राे स्थानकाे जनकपुर राेयल्स क्वालिफायरमा पुगिसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया