आहा रारा गोल्डकपको उपाधिका लागि आज सङ्कटा र भुटानी युथ खेल्दै

 पुस २३, २०७९ शनिबार ८:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज सङ्कटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्स खेल्दैछन् ।

खेल पोखरा रङ्गशालामा दिउँसो साढे १ बजेपछि सुरु हुनेछ । सङ्कटा क्लब त्रिभुवन आर्मी र साविक विजेता एपीएफलाई हराउँदै तथा भुटानिज युथ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया