नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौ र विराटनगर तथा पोखरा र फार वेस्ट खेल्दै

 पुस २३, २०७९ शनिबार ८:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् ।

यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । काठमाण्डौ र विराटनगरको समान ९ खेलमा ८ अंक छ । नेटरनरेटका आधारमा काठमाण्डौ तेस्रो र विराटनगर चौथो स्थानमा छ । 

आज हुने दोस्रो तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड खेल्नेछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । ९ खेलमा ६ अंक जोडेको पोखरा पाँचौँ स्थानमा छ भने समान खेलमा ४ अंक मात्रै रहेको फार वेस्ट पुछारमा छ । फार वेस्ट प्रतियोगिताबाट बाहिरिसकेको छ ।

६ टोली सहभागी प्रतियोगितामा लुम्बिनी शीर्ष र जनकपुर दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया