दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसले सरकारलाई विश्वासकाे मत दिने/नदिने बारे आउँदाे २६ गते बिहान मात्रै निर्णय गर्ने जनाएकाे छ ।
शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे । विश्वासको मत लिने दिन नै कांग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।
पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरुले केके गर्ने भन्नेबारे आजकाे बैठकमा जानकारी गराइएको पनि उहाँले बताउनु भयो ।
‘२५ गते प्रतिनिधि सभाको पहिलो बैठक शुरु हुँदैछ । २५ गते के के कुरा हुन्छ भन्ने बारेमा साथीहरुलाई जानकारी दिइयो । २६ गते प्रतिनिधि सभामा मान्य प्रधानमन्त्री ज्युले विश्वासको मत पेस गर्नुहुन्छ । २६ गतेको प्रक्रियाका बारेमा पनि जानकारी गराइयो' उहाँले भन्नुभयो, 'अर्को बैठक २६ गते बिहान बजे बैठक बस्छ । नयाँ बानेश्वरको ल्होत्से हलामा बैठक बस्छ । त्यही बैठकबाट हामी विश्वासको मतका बारेमा निर्णय गर्नेछौँ । विश्वासको मत दिने नदिने भन्नेबारेमा विश्वासको मत लिने दिन नै कांग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय हुनेछ । कुनै नयाँ गठबन्धन बनाउने, बनेको गठबन्धन भत्काउने प्रयासमा लागेका छैनौँ ।’
प्रमुख सचेतक लेखकले सिंगो पार्टी एकवद्ध भएर प्रतिनिधि सभामा सशक्त भूमिका निर्वाह गर्ने पनि बताउनु भयो । बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय गरेको पनि उहाँकाे भनाइ छ ।
यस्तै बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरुलाई निर्देशन पनि दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।