कार्यदलले न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट संयोजक ओलीलाई बुझायो

 पुष २३, २०७९ शनिबार १९:३८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न बनेको कार्यदलले काम सकेको छ । कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट एमालेका अध्यक्ष तथा न्यूनतम साझा कार्यक्रम निर्माणका संयोजक केपी शर्मा ओलीलाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओलीलाई ड्राफ्ट हस्तान्तरण गर्नुभएको हो । बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत पनि उपस्थित हुनुहुन्थ्यो ।

शीर्ष नेताहरुले आवश्यकताअनुसार परिमार्जन गरेपछि सार्वजनिक गरिने कार्यदलले जनाएको छ । सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदामा सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेदेखि दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा सार्वजनिक सेवामा टाइम कार्डको व्यवस्थालगायत नागरिकलाई सुविधा दिइने कुरा समेटिएको छ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया