माओवादीसँग पार्टी एकताका लागि नेसपाले वार्ता समिति बनाउने

 पुष २४, २०७९ आइतबार १६:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । 

नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज आइतवारदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । डा. भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेसपाका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सह–अध्यक्ष श्रेष्ठले बैठकले माओवादीसँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने बताउनुभयो । त्यो समितिलाई माओवादी केन्द्रलगायतका अन्य पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उहाँको भनाइ छ । 

अध्यक्ष भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका सात वर्ष एक सिंहावलोकन, सङ्घ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो । 

आउँदो कार्ययोजनाअन्तर्गत राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख छ । सह–अध्यक्ष श्रेष्ठले बैठक सोमवार (भोलि) सम्म चल्ने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया