प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

 पुस २४, २०७९ आइतबार १६:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश १ को मुख्यमन्त्री बन्न नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको छ ।

९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३,, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् ।

प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आज आइतवार बेलुका ४ बजेसम्मको समय दिनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया