जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति

 पुस २४, २०७९ आइतबार १६:५५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति भएको छ । काठमाण्डौमा आज आइतवार एक कार्यक्रम गरेर जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सहमतिपत्रअनुसार अब विभिन्न आन्दोलनमा पक्राउ परेका नेता/कार्यकर्ता रिहाइका लागि दुवै दलले मिलेर पहल गर्नेछन् । यस्तै नागरिकसँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाब दिन तथा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, ,अल्पसङ्ख्यक तथा महिलामैत्री राजनीतिक वातावरण तयार गराउन मोर्चाबन्दी गर्दै अगाडि बढ्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

साथै सर्वोेच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने र नागरिकताको समस्या समाधान गर्न दबाब दिने सहमति पनि भएको छ । कैलालीकाे टीकापुर घटनाको सत्य/तथ्य पत्ता लगाउन सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले समेत आदेश दिएको थियो । प्रतिनिधि सभामा जनमत पार्टीले छ सिट र नागरिक उन्मुक्ति पार्टीले चार सिट जितेका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया