लाेसपाले विश्वासको मत दिने/नदिने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दियाे

 पुष २४, २०७९ आइतबार १८:२६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएकाे छ । आज आइतवार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय पनि गरेको पार्टीका नेता केशव झाले बताउनुभयो । उहाँले आजको बैठकमा सङ्गठन विस्तारको सन्दर्भमा यथाशीघ्र पार्टीको सङ्गठन विस्तारको कामलाई तीव्रता दिने निर्णय भएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । आजको बैठकले मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।’

नेता झाले बैठकमा राजनीतिक र समसामयिक विषयमा पनि छलफल भएको बताउनुभयो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया