रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई आग्रह गर्ने

 पुष २४, २०७९ आइतबार १८:४०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिनका लागि अन्य राजनीतिक दलहरूलाई आग्रह गर्ने निर्णय गरेको छ । आज आइतवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रस्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रमका बारेमा पनि छलफल गरेको बताउनुभयो । उहाँले बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवम् न्यूनतम साझा कार्याक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘आजकाे बैठकमा विशेषगरी सरकारले प्रस्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रमकाे बारेमा छलफल भयो । सरकारलाई विश्वासको मतका लागि अन्य राजनीतिक दलहरूलाई आग्रह गर्ने कुरा पनि भयो ।’

सांसद परियारले पार्टीको संसदीय दलको बैठक भाेलि सोमवार बिहान १० बजे फेरि बस्ने जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया