भाेलिदेखि सुरु हुने सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा

 पुष २४, २०७९ आइतबार १९:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पुस २५ गते भाेलि साेमवार दिउँसाे १ बजेका लागि आह्वान गरिएको सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा भएको छ । 

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जानकारी गराउनुभएको हो । आज आइतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सहायक प्रवक्ता धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै काम पूरा गरिएको बताउनुभयो । 

राष्ट्रिय सभा

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक भोलि एकसाथ बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र त्यही बैठकको निर्णयअनुसार सङ्घीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको उहाँकाे भनाइ थियाे । 

सङ्घीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ । तर ठाउँ अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताउनुभयो । सङ्घीय संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । 

अधिवेशनमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ । सङ्घीय संसदमा सांसदले पनि विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाइएको छ । विद्युतीय हाजिरी भोलिदेखि परीक्षणका लागि राष्ट्रिय सभामा सुरु हुने र परीक्षणपछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया