संसदमा ओलीको सम्बोधन– ‘अब सबै मिलेर काम गरौँ, सरकार बनाउने र ढाल्ने खेलमा नलागौँ’

 पुष २५, २०७९ सोमबार १३:५८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अवसरसँगै धेरै चुनौती पनि रहेको बताउनुभएको  छ । 

प्रतिनिधि सभामा सम्बोधन गर्दै ओलीले अहिले देशको अर्थतन्त्र धेरै नै समस्यामा रहेको भन्दै सुझबुझपूर्ण ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्र धेरै गम्भीर अवस्थामा रहेको, राजस्वकाे सङ्कलन धेरै वर्षपछि ऋणात्मक अवस्थामा रहेकाे,  महँगी बढेको, आयात डरलाग्दो र निर्यात टिठलाग्दो अवस्थामा रहेकाे लगायतका समस्या समाधान गर्नुपर्ने दायित्व रहेको ओलीको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले भोलि मङ्गलवार विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको भन्दै ओलीले सरकार र प्रचण्डलाई बधाई दिनुभयो । ओलीले अहिले सहज परिस्थिति नभएकाले प्रचण्ड नेतृत्वको सरकारले निकै धेरै मेहनत गर्नुपर्ने बताउनुभयो । देशले नयाँ परिवर्तन खोजेको सङ्केत चुनावअघि नै देखिएको भन्दै ओलीले नयाँ दल र सांसदले पनि सांसद बन्नकै लागि नभएर नागरिकको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘देशका लागि सँगै काम गरौँ, लेट्स वर्क टुगेदर ।’ 

सरकार बनाउने र ढाल्ने खेलमा नलाग्न र देश निर्माणको बाटोमा लाग्न उहाँले दल र नेताहरूलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले यो सरकारले लोकतन्त्रको रक्षा, संवर्द्धन र सुदृढीकरणका लागि काम गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया