नागरिककाे विश्वासमा ठेस लाग्न दिन्नँ : शेरबहादुर देउवा

 पुष २५, २०७९ सोमबार १४:१०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदाे पाँच वर्षमा नागरिककाे विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता जनाउनुभएकाे छ । आज साेमवार प्रतिनिधि सभाकाे पहिलाे बैठकमा बाेल्दै सभापति देउवाले नेपाली कांग्रेस नागरिककाे अपेक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार काम गर्न बताउनुभयो । 

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेको बताउनुभयो ।

सभापति देउवाले लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व रहेको र प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणका लागि विशेष काम हुने अपेक्षा गरेको उल्लेख गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो । यसका लागि नेपालको संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक छ । संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी छ । प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणका लागि विशेष काम हुन सकोस् ।’

 

सभापति देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुभएका]मा बधाई दिँदै उहाँको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरूलाई बधाईका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया